Monday, December 16, 2019

स्याटेलाइट प्रविधिमार्फत देशभर डिजिटल

याटेलाइट प्रविधिमार्फत देशभर डिजिटल टेलिभिजन पहुँच सम्भव बनाएको कम्पनी डिसहोमले अब त्यसैगरी इन्टरनेट सेवा समेत दिने भएको छ । टेलिभिजन प्रशारणकै मोडालिटीबाट कम्पनीले अबको ६ महिनाभित्र देशभरका लागि इन्टरनेट सेवा सुरु गर्ने भएको हो ।
डिसहोमले स्याटेलाइट इन्टरनेटका लागि इजरायली स्याटेलाइट कम्पनी स्पेस कम्युनिकेशनसँग सम्झौता समेत गरिसकेको छ । सहरी क्षेत्रका ग्राहकलाई अप्टिकल फाइबर र ग्रामीण एवम् दुर्गम क्षेत्रमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने तयारी भइरहेको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए ।
‘त्यसका लागि हामी प्राविधिक रुपमा सक्षम छौँ,’ उनले भने, ‘डिसहोम फाइबर नेट भनेर हामीले सेवा सुरु गर्दैछौँ । तर, यसले सबै ग्राहकलाई समेट्न नसकिने भएकाले स्याटेलाइट इन्टरनेट समेत दिने योजना बनाएका हौँ ।’
दुबै सेवा एक साथ सुरु गर्ने कम्पनीको तयारी छ । सस्तो रुपमा इन्टरनेट पुर्‍याउनेभन्दा पनि देशभर इन्टरनेट पहुँच सुनिश्चित गर्ने अठोटका साथ स्याटेलाइट इन्टरनेटको योजना बनेको आचार्य बताउँछन् । विभिन्न शिर्षकमा कम्पनीले वार्षिक रुपमा सरकारलाई करीब एक अर्ब रुपैयाँ राजश्व तिर्दै आएको छ ।
यससँगै देशभर टेलिभिजन प्रशारणको पहुँच सुनिश्चित गर्ने कम्पनीको योगदानको उपयुक्त मूल्याङ्कन सरकारबाट हुन नसकेको आचार्यको गुनासो छ । ‘स्याटेलाइट टेलिभिजन जस्तै देशभर इन्टरनेट पुर्‍याउने योजना पनि हाम्रो आफ्नै अग्रसरतामा अगाडि बढिरहेको छ,’ उनले भने ।
सरकारी दूरसञ्चार कम्पनीको रुपमा रहेको भारत सञ्चार निगमले भारतमा स्याटेलाइट मार्फत इन्टरनेट दिँदै आएको छ । ‘वास्तवमा देशभर इन्टरनेट पहुँच कायम गर्ने अग्रसरता सरकारले नै देखाउनुपर्ने हो,’ आचार्य भन्छन्, ‘सरकारले गरेन भनेर हामी चुप लागेर बस्ने पक्षमा छनौँ । यस हिसावमा हामीले नाफाको व्यवसायको रुपमा यो परियोजना अगाडि बढाउन खोजेका होइनौँ । ब्राण्डको दायीत्वको कुरा पनि आउँछ ।’

यस्तो हुनेछ डिसहोमको स्याटेलाइट इन्टरनेट

नेपालको भौगोलिक विकटताका कारण धेरैजसो दुर्गम भेगमा अझै इन्टरनेट सेवा पुग्न सकेको छैन । सहरी क्षेत्रमा इन्टरनेट सेवा प्रदायकहरुले दिँदै आएको फिक्स्डलाइन इन्टरनेटको मोडेलभन्दा भिन्न तरिकाले स्याटेलाइट इन्टरनेट दिने डिसहोमको तयारी छ ।
कम्पनीका अनुसार मोबाइल इन्टरनेटमा जस्तै डाटा प्याकको रुपमा स्याटेलाइट इन्टरनेटको मूल्य तय गरिनेछ । अप्टिकल फाइबर मार्फत दिइने इन्टरनेटको तुलनामा महंगो पर्ने भएकाले यस्तो मोडालिटी अपनाइने हो ।
डेडिकेटेड इन्टरनेट आवश्यक भएका ग्राहकलाई भने अनलिमिटेड इन्टरनेट समेत उपलब्ध गराउन सकिने कम्पनीका प्रबन्ध निर्देशक आचार्य बताउँछन् । ‘हामीले यो सेवामार्फत देशभरका सबै स्थानमा इन्टरनेट पहुँच कायम गराउन खोजेको मात्रै हो,’ उनी भन्छन् ।
अहिले देशभर जुनसुकै स्थानमा डिसहोमको टेलिभिजन हेर्न सकिने अवस्था छ । अबको केही समयपछि ती सबै स्थानमा स्याटेलाइट इन्टरनेट समेत पुग्नेछ । तर, टेलिभिजनका लागि जडान गरिएको छाता र सेट टप बक्स भने स्याटेलाइट इन्टरनेटमा काम आउने छैन ।
टेलिभिजन प्रशारण स्याटेलाइटबाट पठाइएको सिग्नल प्राप्त गर्ने एकोहोरो प्रणालीमा आधारित हुन्छ । इन्टरनेटका लागि भने सिग्नल पठाउने र प्राप्त गर्ने दोहोरो प्रविधि आवश्यक हुन्छ ।
भिस्याट तथा स्याटेलाइट प्रविधिको इन्टरनेट पुर्‍याउन निश्चित स्थानका लागि रिपिटरको रुपमा एउटा छाता रहनेछ । त्यसै छातामार्फत इन्टरनेट उपलब्ध गराउन आसपासका स्थानका प्रयोगकर्ताका लागि राउटर दिइनेछ ।
यसको अर्थ हरेक प्रयोगकर्ताले घरमा डिसहोमको टेलिभिजनका लागि आवश्यक भएजस्तो छुट्टा छुट्टै छाता राख्न जरुरी हुनेछैन । जसले गर्दा इन्टरनेट कनेक्सन खासै महंगो नपर्ने बताइएको छ ।

Tuesday, November 26, 2019

बर्षकै सुपरहिट चलचित्र "छ माया छपक्कै", मंसिर १३, शुक्रबार देखी

बर्षकै सुपरहिट चलचित्र "छ माया छपक्कै", टेलिभिजनमा पहिलो पटक, मंसिर १३, शुक्रबार देखी, मात्र डिश होम सिनेमाघर च्यानल नम्बर १०८ मा।
अब मात्र ३ दिन बाँकी।
आजै आफ्नो नियमित प्याकेज रिचार्ज गर्नुहोस। डिश होमको Fund Transfer बाट वार्षिक रिचार्जमा रु. १६०० सम्मको बोनस पाउनुहोस।

स्याटेलाइट प्रविधिमार्फत देशभर डिजिटल

याटेलाइट प्रविधिमार्फत देशभर डिजिटल टेलिभिजन पहुँच सम्भव बनाएको कम्पनी डिसहोमले अब त्यसैगरी इन्टरनेट सेवा समेत दिने भएको छ । टेलिभिजन प्रशा...